विराटनगरका उद्योगीलाई अर्थमन्त्रीद्वारा वार्ता आह्वान, काठमाण्डौं जाने तयारी

विराटनगरका उद्योगीलाई अर्थमन्त्रीद्वारा वार्ता आह्वान, काठमाण्डौं जाने तयारी

विराटनगर । वनस्पति घ्यूतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगका सञ्चालकले करको दरमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले विराटनगरका उद्योगीहरुलाई वार्ताका लागि बोलाएका छन् । आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका प्रतिनिधिलाई शुक्रबार (आज) समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरिएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीले बोलाएको वार्तामा अपरान्हसम्ममा तीनै संगठनका प्रतिनिधि जाने जानकारी दिनुभएको छ । संघले औपचारिक सुचना प्रवाह गर्दै सहयोग गर्ने उद्योगी, मजदुर र सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरेको छ । साथै अर्थमन्त्रीसँगको वार्ताबाट समस्याको निकास निस्कने अपेक्षा गरिएको छ ।

तीन वटै संगठनले प्रदेश १ को राजधानी विराटनगरमा गत बुधबारदेखि ज्ञापनपत्र, धर्ना, जुलुस लगायतका कार्यक्रममार्फत बजेटका प्रावधान विरुद्ध दवाव सिर्जना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्