कक्षा १२ का विद्यार्थीलाई एभरेष्टको बिदाई

कक्षा १२ का विद्यार्थीलाई एभरेष्टको बिदाई

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले कक्षा १२ का विद्यार्थीलाई बिहिबार एक समारोहका बिच बिदाई गरेको छ ।

कलेजले व्यवस्थापन तथा विज्ञान संकायका ११५ जना विद्यार्थीलाई बिदाई पत्र हस्तान्तरण गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेको छ । फरक–फरक क्षमता भएका उत्कृष्ट विद्यार्थीहरुले थप उच्च शिक्षाका लागि अगाडि बढीरहँदा सदैव सकारात्मक सोच, धैर्यता र दृढ संकल्पका साथ अघि बढ्न सुझाव दिइएको छ ।

कलेजले प्रदान गरेको बिदाई पत्रमा आत्मगौरव र सदाचारसहितको समृद्ध जीवनको कामना गरिएको छ । कलेजको कभर्ड हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष विनोद ढकालले एभरेष्टमा अध्ययन गर्ने विद्यार्थी विश्वका जुनसुकै स्थानमा पनि अब्बल बन्नसक्ने विश्वास ब्यक्त गरे । प्रिन्सिपल टिकाराम पुरीले हरेक विद्यार्थीमा कुनै न कुनै क्षमताले अब्बल रहेको भन्दै उनले नैतिकवान भएर अघि बढ्न अनुरोध गरे । सकारात्मक सोच, धैर्यता र दृढ संकल्प लिएर अघि बढ्दा लक्ष्य प्राप्त गर्न सहज हुने उनले बताए । विद्यालयका भाईस प्रिन्सिपल नारायण कँडरियाले हरेक विद्यार्थी अनुशासित र लगनशिल रहेको भन्दै उच्च शिक्षाका लागि शुभकामना दिए ।

कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर रिसभ पाण्डेले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी सुस्मा काफ्ले, नितिका दास, आरभ घिमिरे र तनुज गुप्ताले आफ्ना अनुभव राखेका थियो ।

विद्यार्थीहरुले कलेजमा गुरुहरुले गर्नुभएको व्यवहार र साथीहरुबिचको भावनात्मक सम्बन्धलाई भावुकताका साथ ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्