विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले जिते अन्तर्राष्ट्रिय प्रोजेक्ट

विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले जिते अन्तर्राष्ट्रिय प्रोजेक्ट

विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् ।

वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका बिद्यार्थीले बेलायत,भारत लगायतका प्रतिस्पर्धीलाई पछी पर्दै उक्त अवार्ड जित्न सफल भएका हुन् ।

विराटनगर इन्टरनेशनल कलेजका इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट कोर्षबाट लेभल ४ र ५ बाट प्रतिनिधित्व गरेका प्रज्ञान पौडेल,अन्जली शाह, इकेश पोखरेल,रानी कार्की र योगिता पोखरेलले जित हासिल गरेका थिए ।

बेलायतको प्रख्यात फुटबल क्लब उल्फ्सको इस्पोर्ट्सको रणनीतिक प्रोजेक्ट तयारीको निम्ति दिइएको एसाइन्मेन्टमा नेपालबाट प्रतिनिधित्व गरेका कलेजका विद्यार्थीले उत्कृष्ट भई प्रोजेक्ट जितेका हुन । विश्वविद्यालयको उक्त प्रोजेक्टमा विजयी भएका विद्यार्थीहरुलाई कलेजले विहिबार एक कार्यक्रमविच सम्मान गरेको छ ।

विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीले हासिल गरेको उक्त अन्तर्राष्ट्रिय उपलब्धिलाई प्रोत्साहन गर्न विद्यार्थीलाई सम्मान गरिएको कलेजका प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्लेले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा सञ्चालित यस कलेजमा विएसी अनर्स इन्टरनेशनल विजनेश म्यानेजमेन्ट र विए अनर्स इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट पढाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्