चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल

चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको संघको प्रथम साधरणसभाबाट दुलाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी सचिब रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष दुलालले चालकहरूको हकहितमा काम गरेर अगाडी बढ्ने बताए ।

‘अहिले पनि सवारी चालकहरूलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ,’ उनले भने, ‘हाम्रो पेशालाई बुझान नसक्दा यस्तो भएको हो । ’ आगमी दिनमा यस पेशालाई सम्मानित पेशाको रूपमा अगाडी बढाउने उनको भनाई छ । सवारी चालकहरू संगठित भएर आफ्नो हकअधिकारमा लडनुपर्ने उनले जोड दिए ।

साधरण सभाले अहिले अध्यक्ष मात्र सर्वसम्मत चयन गरेको छ भने अन्य पदाधिकारी र सदस्यहरू अर्को बैठकले चयन गर्ने भएको छ । संघमा एक सय जना सवारी चालकहरु आवद्ध रहेका छन् ।

साधरण सभाले संघको सल्लाहकारहरूमा लक्ष्मण राजवंशी र लक्ष्मी नारयण राजवंशी चयन गरेको छ । कार्यक्रममा टे्रड युनियन काँग्रेसका अध्यक्ष तथा नेपाली काँग्रेस विराटनगर १३ का सभापति तारानाथ तिम्सिनाले सवारी चालकहरू संगठित हुन सकेमात्र आफ्नो हकअधिकार स्थिापित गर्न सक्ने बताए । सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान पनि गरेका अध्यक्ष दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्