विराटनगरका उद्योगीले भेटे अर्थमन्त्री र अध्यक्ष प्रचण्डसँग

विराटनगरका उद्योगीले भेटे अर्थमन्त्री र अध्यक्ष प्रचण्डसँग

विराटनगर । विराटनगरका उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना समस्या अवगत गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको टोलि काठमाण्डौं पुगेर अर्थमन्त्री शर्मा र अध्यक्ष प्रचण्डलाई बजेटका कारण मारमा परेका तीनथरी उद्योगको विषयमा जानकारी गराएका हुन् ।

भेटवार्ताका क्रममा अर्थमन्त्रीले संघ–संगठनले उठाएका जि.आई. वायर, स्यानिटरी प्याड, वनस्पति तेल सहितअन्य केहि उद्योगहरुका विषयमा आ.व. २०७९÷८० को बजेट नीतिमा केहि त्रुटि भएको जानकारी गराएका थिए । अर्थमन्त्रीले त्रुटीहरु नियतवश नरहेको बताउँदै बजेटमा सच्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

यसैगरी मोरङ व्यापार संघको टोलिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पनि उद्योगको समस्या बारे जानकारी गराएको छ । अध्यक्ष प्रचण्डले बजेटमा समेटिएको नीतिका कारण स्वदेशी उद्योगलाई पर्न गएको समस्यामा सहजीकरण गरिने आश्वासन दिनु भएको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्