विराटनगरमा किरण क्लासिक बेकरीकाे लाईभ केक शोरुम संचालनमा

विराटनगरमा किरण क्लासिक बेकरीकाे लाईभ केक शोरुम संचालनमा

विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणले आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । सो शोरुमबाट उपभोक्ताले तत्कालै उत्पादन गरिएको केक खरीद गर्नसक्ने जनाइएको छ ।

यसअघि आफ्नै उद्योगमा निर्माण गरिएका केकहरु शोरुममा डिस्पले गरी बिक्री गर्दै आएकोमा उपभोक्ताको चाहना र माग अनुसार तत्कालै केक उत्पादन गरी उपलब्ध गराउन सक्ने गरी नयाँ शोरुम संचालनमा ल्याईएको संचालक संजय ब्यासले बताउनुभयो ।

शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा १५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । किरण क्लासिक बेकरीले विभिन्न स्वादका आईसक्रिम,ब्रेड,बिस्कुट,कुल्फी,सहित विभिन्न फ्लेवरका आईसक्रिम, क्याण्डी र चोकोबार उत्पादन गर्दै आएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्