नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ।

५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेलकुद पत्रकार दिवसको अवसर पारेर प्रथम महानगर भेला हुने र भेलाबाट पूर्ण कमिटी निर्माण हुने महानगर संयोजक बिज्ञान शर्मा चापागाईले बताए। कार्यक्रमको अध्यक्षता महासङका स्थायी कमिटी सदस्य तथा महानगर ईन्चार्ज बासु नेपालले गरेका थिए ।

प्रमुख अतिथि एमाले प्रदेस १ सचिवालय सदस्य तथा महासङका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत रहेका थिए। स्थानीय निकायको निर्वाचन २०७९ मा महासङ प्रदेस सचिव जितन थापा विराटनगर महानगर वडा ४ को वडा अध्यक्षमा निर्वाचित भएकोमा सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्