विराटनगर । विराटनगर जेसिजले आफ्नो बार्षिक कार्यतालिका अनुसार तालिम सप्ताह सुरु भएको छ ।
५ दिन सम्म चल्ने तालिममा विभिन्न किसिमका तालिमहरु संचालन हुने जेसिज ले जनाएको छ । पहिलो दिनको कार्यक्रम निर्वाचित जनप्रतिनिधिलाई बधाइ शुभकामना तथा संसदिय बैठक संचालन तालिम विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला , विशिष्ट अतिथी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की , १९ वटा वडाका वडाध्यक्ष तथा निर्वाचित कार्यपलिका सदस्य जेसिज तथा जुनियर जेसिज लगायतका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले जेसिजले गर्ने हरेक गतिविधि नेतृत्व र ब्यक्तीत्व बिकास सग सम्बन्धित काम गर्ने आफुले बुझेको र आफू पनि जेसिजकै प्रोजेक्ट जेसि बाल सदनको बिद्यार्थी भएका नाताले जेसिजले गर्ने हरेक गतिविधिलाई आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।
त्यसैगरि उपप्रमुख शिल्पा निराला कार्कीले जेसिजको १८ देखि ४० सम्मको उमेरका ब्यक्तीहरुमात्र सदस्य बनेर नेतृत्वमा पुग्ने पद्धति राजनैतिक दलहरुमा समेत लागू भए धेरै नयाँ नेतृत्व जन्मने बताउनु भयो । नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सस्था जेसिज रहेको हुदा महानगरपालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो । साथै तालिमले जनप्रतिनिधिहरु लाई बैठक संचालन गर्न अझ सहज हुने बिस्वास ब्यक्त गर्नु भयो । विराटनगर जेसिजका पुर्व अध्यक्ष क्लबका अध्यक्ष सुरेशलाल श्रेष्ठले जेसिज नेतृत्व जन्माउने सस्था रहेका कारण जेसिजको अभियानमा लाग्न युवाहरु उत्प्रेरित हुने गरेको बताउदै स्थानीय तहलाइ आवश्यक पर्ने कुनै पनि तालिम दिन जेसिज सदैव तयार रहेको बताउनुभयो ।
विराटनगर जेसिजका अध्यक्ष देव चन्द्र घिमिरेले जेसिज तालिमको पाठशाला रहेको र जेसिजको अभियान मा जोडिएर काम गर्न युवाहरुलाई उत्प्रेरित गर्ने काम महानगर तथा वडाले गर्न सक्ने र आफूहरु युवाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गराउदै अघि बढाउन हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रमुख प्रशिक्षक सुनिल तिम्ल्सिनाले संसदिय बैठक प्रणाली , बैठक बस्ने विधि , उठाउनु पर्ने अजेन्डा लगायतका बिषयमा सहभागी जनप्रतिनिधिहरुलाई तालिम प्रदान गर्नु भएको थियो भने अर्का प्रशिक्षक सेवक बजगाइले बैठकका क्रममा हुने प्रस्तुतीकरणका बारेमा सहजीकरण गर्नुभएको थियो ।
पहिलो दिनको कार्यक्रम सयोजक रन्जन कुमार शाही ले सहभागी सबै लाई धन्यवाद दिदै आगामी दिनमा जेसिजले हरेक वडामा विभिन्न तालिमहरुका लागि सहयोग गर्न सक्ने र कार्यक्रमलाई सफल बनाउन योग्दान गर्ने सबैलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो।
पहिलो दिन बधाइ शुभकामना तथा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भए पश्चात् जेष्ठ २९ गते जेसिजमा जोडिन चाह्ने नया सदस्यलाई तालिम, ३०गते किशोरी तथा महिलालाई आत्मरक्षा तालिम , ३१ गते शिक्षक तालिम र एक गते समापन तथा जेसिज तथा जुनियर जेसिजलाई तालिम संचालन गर्ने विराटनगर जेसिजका जनसम्पर्क अधिकारी निरज ढकालले जानकारी दिए ।