प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

<span class='c1'>प्रदेश १ को नीति</span> <span class='c2'>तथा कार्यक्रम बहुमतले पारित</span>

विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमत कुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्व अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन् । तर ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा बजेट पेस हुँदै छ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व मुख्यमन्त्री द्धोय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए । सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौँ,रु’ मुख्यमन्त्री राईले भने । बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए । हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्