गाँउमा पढेको स्कुलमा ठाकुरद्धारा शुद्ध पिउने पानीको धारा जडान, विद्यार्थी हर्षित

गाँउमा पढेको स्कुलमा ठाकुरद्धारा शुद्ध पिउने पानीको धारा जडान, विद्यार्थी हर्षित

विराटनगर । मोरङको कानेपोखरी गाँउपालीका ३ तल्लो हरकपुरमा रहेको श्री शिक्षा सदन स्कुलका भुतपुर्व विद्यार्थी दिनेश ठाकुरले शुद्ध पिउने पानी ( वाटर आर्वो सिस्टम )धारा जडान गरिदिएका छन् ।


लामो समयदेखी सो विद्यालयमा अध्ययनरत ३ सय बढी विद्यार्थीहरुले आर्सेनिकयुक्त पानी पिउदै आएका थिए । कक्षा सातसम्म शिक्षा सदनमा अध्ययन गरेका पूर्व विद्यार्थी ठाकुरले धारा जडान गरिदिएपछि सोमबार एक कार्यक्रम आयोजना गरि धाराको उदघाटन गर्दै सचालनमा ल्याइएको छ ।  शुद्ध पिउनेपानीको धाराको उद्घघाटन कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले गरेकी थिईन् । कार्यक्रममा बोल्दै उनले स्थानिय सरकारले गर्नुपर्ने काम यस विद्यालयका पूर्व विद्यार्थीले गरेर उदारणीय काम गरेको बताइन् ।

 


१ देखि कक्षा ७ सम्म शिक्षा सदनमा अध्ययन गरेका ठाकुरले आफु पढेको विद्यालय र जन्मेको भूमिमा केही सामाजिक कार्य गर्नु उद्देश्य अनुरुप विद्यार्थीको लागि खानेपानीको लागि धारा जडान गरिएको दिनेश ठाकुरले बताए । ठाकुर अहिले विराटनगरस्थित आर्या न्युरो हस्पिटलका निर्देशक रहेका छन् । उनले शिक्षा सदनबाट २०४४ सालमा कक्षा सात उतिर्ण गरेका थिए ।

त्यसपछि उच्च शिक्षा विराटनगरबाट गरेका हुन् । ‘शिक्षाको ज्योती छर्ने स्कुलले आफु बाल्यकालमा रहदा आर्सेनिकयुक्त टुबेलको पानी विद्यार्थीहरू खान बाध्य हुनुपरेको थियो । अहिले अध्ययनरत विद्यार्थीहरूले शुद्ध पिउनेपानी खुवाउने र आफु पढेको विद्यालयमा पनि केही गर्ने उद्देश्यले पिउनेपानी जडान गरिदिएको हो,’ उनले भने, ‘शुद्ध पिउनेपानी खान पाउनु जनताको आधारभूत अधिकार पनि हो । त्यही उद्देश्यले पनि शुद्ध पिउने पानीको लागि खानेपानी पु¥याएका हौँ ।’
उनले तीन लाख ५० हजार रुपैया लागतमा खानेपानी जडान गरिदिएका हुन् । आफु जन्मेहुर्केको ठाउमा केही गर्नुपर्ने उदेश्यले खानेपनि जडान गरिदिएको उनले बताए ।

विद्यालय परिसरमा शुद्ध पिउने पानी जडान गरिदिएपछि विद्यार्थीलाई पानी पिउन सहज भएको शिक्षा सदन माविका प्रधानध्यापक नारयण प्रसाद काफ्लेले जानकारी दिए । कार्यक्रममा कोनपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, ३ नं. वडाका वडाअध्यक्ष गोपाल कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलरुपा भुजेल, गोल्डेन अस्पताल संचालिका अर्चना मण्डल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्