भोलिदेखि कार्यालय समय १० देखि ५ बजे हुने

भोलिदेखि कार्यालय समय १० देखि ५ बजे हुने

विराटनगर । गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त जारी सूचनामा सबै सरकारी कार्यालयहरुमा आइतबारदेखि बिहिबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म हुने। शुक्रबारका दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुने मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले सोमबार साँझ जारी गर्नुभएको सूचनामा उक्त कुरा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्