निमित्त प्रदेश प्रहरी प्रमुखबाट भिडियो कन्फ्रेन्सद्वारा निर्देशन

निमित्त प्रदेश प्रहरी प्रमुखबाट भिडियो कन्फ्रेन्सद्वारा निर्देशन

विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीबाट १ नम्वर प्रदेशका जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत मुद्धा चल्ने प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनु भएको छ ।

मंगलबार बिहान ११ बजे निर्देशनका क्रममा विभिन्न किसिमका अपराधिक गतिबिधिलाई निरुत्साहित गर्न अहोरात्र प्रहरी परिचालन गर्ने र हिरासत ब्यवस्थापनमा विशेष ध्यान दिई त्रुटी रहित तवरबाट कार्य सम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको हो ।

उक्त भिडियो कन्फ्रेन्समा अपराध अनुसन्धान शाखाका शाखा प्रमुख तथा हिरासत ब्यवस्थापन अधिकृतहरुलाई समेत निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्