जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

विराटनगर । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका हुन् । एमालेको जम्मा २१ मत रहेको थियो । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१-२१ मत ल्याएका छन् ।

यस्तै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्