सडक पूर्वाधारलाई पाँच अर्ब बजेट

सडक पूर्वाधारलाई पाँच अर्ब बजेट

विराटनगर । प्रदेश सरकारले ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न गर्न पाँच अर्ब बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले सञ्चालन गरिरहेका ती सडक तथा पुलहरुको निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको हो । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश लोकमार्गमा स्तरोन्नति गर्न थप १५ वटा सडकको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष प्रदेशका १४ वटा जिल्लामा १०० वटा झोलुङ्गे पूल निर्माण गर्ने घोषणा बजेटमा गरिएको छ । त्यसका लागि आगामी वर्षका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । पहाडी र अति दुर्गम क्षेत्रमा १२ महिना नै यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज निर्माण गर्ने र त्यसका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गर्न १ करोड बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्