प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको बजेट थियो ।

प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

यसैगरी समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ । बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध बजेट भाषणमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्