प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेजको मुख्य प्रायोजन रहेको प्रतियोगिताका उत्कृष्ट तीन टिमले नगद पुरस्कारसहित मेडल प्राप्त गर्नेछन् ।
एभरेष्ट कप प्रदेश स्तरिय ३×३ बास्केटबल टुर्नामेन्ट नाम दिइएको यस प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, द्धित्तियले नगद ३० हजार र तृतिय हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागीता जनाउन चाहने टीमले असार १० गतेसम्म रजिष्ट्रेसन गराउन सक्ने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले बताउनुभयो । एभरेष्ट कलेज परिसरमा रहेको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई सोहि कलेज पढ्न चाहे विशेष छात्रबृत्ति समेत प्रदान गरिने कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्