हल्कादेखि मध्यम वर्षाको सम्भावना

<span class='c1'>हल्कादेखि मध्यम</span> <span class='c2'>वर्षाको सम्भावना</span>

विराटनगर । नेपालको विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।

बिहिबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा वर्षाको सम्भावना महाशाखाले जनाएको छ । आज राति प्रदेश १, मधेश र गण्डकीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्