मतदान गर्ने रहरमा विराटनगरका ६० वर्षीय मण्डल नाम दर्ता गराउने लाइनमा

<span class='c1'>मतदान गर्ने रहरमा विराटनगरका ६० वर्षीय</span> <span class='c2'>मण्डल नाम दर्ता गराउने लाइनमा</span>

विराटनगर । विराटनगर–१० का ६० वर्षीय सतुन मण्डल बिहीबार प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगे । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मण्डल त्यहाँ पुगेका हुन् ।

मोरङको ग्रामथान गाउँपालिका–१ का पर्शुराम मुसहर उमेरले २३ वर्ष टेकेपछि मतदाता नामावलीमा नाम दर्ताका लागि बिहीबार विराटनगरस्थित कार्यालयको लाइनमा भेटिएका छन् । उनले स्थानीय तह निर्वाचन अगाडी मतदाता नामावलीमा नाम दर्ता नगराउँदा मत हाल्न नपाएकोले आफू नाम लेखाउन आएको बताए ।

स्थानीय तहको निर्वाचत गत बैशाख ३० गते सम्पन्न भएको थियो । मतदाता नामावलीमा नाम नभएकाहरुले मत हाल्न पाएनन् । मत हाल्न नपाएपछि आफूलाई पनि नाम दर्ता गराउनु पर्ने रहेछ भन्ने लागेको मुसहरले बताए ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ । निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको हो ।

बुधबारदेखि नामावली दर्ता गराउने कार्य भईरहेको छ । निर्वाचन आयोगको कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले पहिलो दिन ८० जनाले नाम दर्ता गराएका छन् । बिहीबार पनि बिहान १० बजेदेखि नै कार्यालय परिसरमा भीड लागेको छ । आयोगले मतदाता नामावली दर्ता सुरू गरेसँगै सूचीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्