बुढीगंगामा कमसल सामाग्री प्रयोग गरेर निर्माण भईरहेको वडा कार्यालयको काम स्थानीयले रोके

बुढीगंगामा कमसल सामाग्री प्रयोग गरेर निर्माण भईरहेको वडा कार्यालयको काम स्थानीयले रोके

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ को निमार्णधिन वडा कार्यालयको भवनमा कमसल सामग्री प्रगोग गरेको पाइएपछि स्थानीयले काममा रोक लगाएका छन् । निमार्णाधिन भवनको १ तला ढलान भइसकेको छ । निर्माणाधिन भवनको स्वरुप नै बाङ्गो देखिएपछि स्थानीयले तत्काललाई काम गर्न रोक लगाएका हुन् ।

भवनको पर्खालहरु बाङ्गोटेढो देखिन्छ । छतबाट पानी चुहिने , ढोकामा लगाईएका पल्लाहरु मक्किएका छन् । त्यहाँ प्रयोग गरिएका बालुवा गिटीदेखी सिमेन्ट समेत कमसल भएको स्थानीयको दावी छ । यसरी कमसल गुणस्तरको निर्माण सामग्री प्रयोग गरेको भेटिएपछि स्थानीयले काम रोकेका हुन् । गत २०७७ माघ २० गतेबाट निमार्ण कार्य थालेको ठेकेदार कम्पनीले बालुवा गिट्टी र सिमेन्ट कमसल प्रयोग गरेकै कारण पिलरमा समेत समस्या आएको छ ।

सुनसरीको दुहवीमा रहेको पारस कन्स्ट्रक्सन एण्ड सप्लायर्सले भवन निर्माणको लागी ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले लापरबाही गरेकाले कारबाही गरिनुपर्ने स्थानीयले बताएका छन् ।यता भवन निर्माणको लागी चरम लापरबाही भएको भन्दै बुढीगंगा गांउपालिका वडा नम्बर ४ वडा कार्यालले तत्काल काम रोक्न गाउँपालिकालाई पत्रचार समेत गरेको छ ।

वडा अध्यक्ष शशिकान्त चौधरीले यसरी कमसल रुपमा बनेको वडा कार्यालयमा बसेर काम गर्न समेत डर हुने बताए । उनले भने भवन निर्माणको लागी वडा कार्यालयलाई कुनै जानकारी नभएको बताए । ‘हामीले काम रोकी पाउँ भनि गाँउपालिका अध्यक्षलाई पत्रचार पठाईसकेको छौं’ वडा अध्यक्ष चौधरीले भने–सार्वजानिक सम्पति गुणस्तरहिन हुनुहुन्न ।

वडा कार्यालयको भवनका लागि गाउँपालिका र ठेकेदार कम्पनीबीच ७९ लाख ९ हजार ६ सय ४१ रुपैयाँमा सम्झौता भएको थियो । अहिलेसम्म ठेकेदार कम्पनीले १४ लाख ७६ हजार ३ सय ५७ रुपैयाँ बुझिसकेको छ ।

यता बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारले निर्माणाधिन वडा कार्यालयको भवन बुधबार अनुगमन गरेकी छिन् ।

उनले निमार्णको क्रममा गुणस्तरीहिन काम भएको देखिएपछि ठेकेदार कम्पनीलाई कारवाही गरिने बताइन् । ‘सरसरी भवन हेर्दा बिमहरू बांगो देखिएको छ । यसमा ठेकेदारको कमिकमजोरी देखिएको छ,’ उनले भनिन्, ‘बांगो बिमहरु हटाएर गुणस्तरीय काम गर्न हामीले निर्देशन दिनेछौं ।’

गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कानुन अनुसार कारवाही गरि गुणस्तरीय काम गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्