विराटनगरको पहिलो शुद्ध शाकाहारी क्याफे : ‘श्री जी क्याफे’

विराटनगरको पहिलो शुद्ध शाकाहारी क्याफे : ‘श्री जी क्याफे’

विराटनगर । शुद्ध र स्वादिष्ट परिकार तथा पारिवारिक वातावरण सहितको सुविधाका साथ ३ महिनाअघि विराटनगरमा ‘श्री जी’ क्याफे सञ्चालनमा आएको थियो ।

विराटनगर-१० निलसदनस्थित कोबास कलेज मुनि चैत्र ६ गतेदेखि सञ्चालनमा आएको सो क्याफे हाल युवाहरु माझ लोकप्रिय बन्दै गएको छ । विराटनगरको एकमात्र शुद्ध शाकाहारी क्याफेको रुपमा रहेको ‘श्री जी क्याफे’ लाई पछिल्लो समय आम नगरबासी र युवाहरुले निकै मन पराईदिएका छन् । कलेज क्षेत्र भएकाले पनि क्याफेप्रति युवाहरुको बेग्लै आकर्षण रहेको सञ्चालक पुजन शर्मा सत्याल बताउँछिन् ।

क्याफेमा हाल मःम, पिज्जा, स्याण्डविच, चिली तथा पनिर आईट्म, ब्रेकफास्ट, पास्ता, स्न्याक्स, नुडल्स, सुप, बिरयानी, फ्राईड राईस, बेकरी र चिया तथा कफी लगायतका दर्जन बढी परिकारहरु उपलब्ध छन् । बैशाखदेखि नयाँ मेन्यु सहित सो क्याफे सञ्चालनमा आएको जनाईएको छ । क्याफेमा भने १५ लाख बढीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्