विराटनगर रानीमा तरबार प्रहार : दुईजना युवा घाईते, संलग्न फरार(घाईते पीडितको भनाई सहित)

विराटनगर रानीमा तरबार प्रहार : दुईजना युवा घाईते, संलग्न फरार(घाईते पीडितको भनाई सहित)

विराटनगर । विराटनगर-१५ बैंक रोडमा बुधबार राती एक समूहले तरबार प्रहार गरी २ जना युवालाई घाईते बनाएका छन् । घाईते हुनेहरुमा विराटनगर १५ निवासी २२ वर्षीय विशाल तामाङ र २२ वर्षीय सन्देश लिम्बु रहेका छन् ।

तरबार प्रहारबाट विशाल तामाङको पछाडी ढाँडमा गहिरो चोट लागेका कारण उनको अवस्था गम्भिर छ । तामाङको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ । अर्का लिम्बुको भने तिग्रामा चोट लागेको छ । उनलाई ८ वटा टाँका लगाइएको छ । उनको अवस्था भने सामान्य नै रहेको छ ।

तरबार प्रयोग गर्नेहरु विराटनगर ८ का वाईसिएलका कार्यकर्ताहरु रहेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । सामान्य विवाद हुदाँ विराटनगर ८ बस्ने मोहमद सोनु, मोहमद अन्सरुल, कुशल पाण्डे , हस्नन अन्सारीले लगायतको समुहले तामाङ र लिम्बुलाई तरबार हानेको घाईते कुशल लिम्बुले आवर विराटनगरलाई जानकारी दिए । तरबार हान्ने युवाहरु भने अहिले सबै जना फरार रहेरका छन् । ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुुसार बुधबार राती दुई समूहबीच सामान्य विवाद भएको थियो ।

त्यसमध्ये तामाङ र लिम्बुलाई केही युवाहरुले तरबार प्रहार गरेर घाइते बनाएका हुन् । तरबार हान्ने सबैको नाम पहिचान भईसकेकोले उनीहरुको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक दर्नालले बताए ।

पीडित पक्षले ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा किटनी जाहेरी समेत दिईसकेका छन् । तरबार हान्ने समूहलाई तत्काल प्रहरीले पक्राउ गरी कारबाही गर्नुपर्ने र शान्ती सुरक्षा स्थापना हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्