विराटनगरको मेन रोडमा खानेपानीको पाईप फुट्यो, छैन कसैको ध्यान (फोटो फिचर)

विराटनगरको मेन रोडमा खानेपानीको पाईप फुट्यो, छैन कसैको ध्यान (फोटो फिचर)

विराटनगर । विराटनगर ९ मेनरोडमा रहेको राट्रिय वाणिज्य बैंक छेउमा खाने पानीको पाईप फुटेपछी सवारी आवगमनमा समस्या देखिएको छ ।


शुक्रबार ४ बजे अचानक सडक भित्र विच्छाइएको खानेपानीको पाईप फुटेपछि धमिलो पानी बाहिर निस्कीएको छ । पाईप फुटेको लामो समय भईसक्दा पनि सम्बन्धित निकायले बेलैमा ध्यान नदिदाँ सवारी साधन भासिने चिन्ता उतिकै हुने गर्दछ ।


सडक मर्मत गरेको बर्षदिन पनि नपुगि यसरी विराटनगरका सडकहरु भासिने त कहिले सडक भित्र विच्छाइएको पाईपहरु फुटेर बाहिर निस्कने गर्दछ । ठेकेदारहरुले कमसल सामाग्री प्रयोग गरेका कारण विराटनगरमा यस्ता खालमा दृष्यहरु बारम्बार भईरहने गर्दछ ।

तस्वीर ः प्रेम देवान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्