मोरङमा चोरीका घटना बढ्दै, दुई महिनामा ४५ मोटरसाइकल र ६७ घर–पसलमा चोरी

मोरङमा चोरीका घटना बढ्दै, दुई महिनामा ४५ मोटरसाइकल र ६७ घर–पसलमा चोरी

विराटनगर । मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय रहेपनि संलग्नहरु नियन्त्रणको प्रगति भने कमजोर देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो दुई महिना (चैत २०–जेठ मसान्त) सम्मको तथ्यांकलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले कार्यभार सम्हालेपछिको जिल्लागत सुरक्षा स्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा दुई महिनाको अवधीमै ४५ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका छन् । जिल्ला विभिन्न स्थानबाट चोरिएका मोटरसाइकलमध्ये १४ वटा फेला परेका छन् । प्रहरीले दश वटा मुद्दा दर्ता गरेको छ, जसमा १९ जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको दश महिनामा १४१ मोटरसाइकल चोरी भएका छन् । घटनापछि २७ मोटरसाइकल बरामद गरिएको छ । जसमध्ये दुईवटा सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । घटनामा संलग्न ४१ जना विरुद्ध २३ वटा मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष १४० मोटरसाइकल हराएको तथ्यांक छ । जसमा २० वटा मोटरसाइकल बरामद गरि पाँचवटा सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । घटनामा संलग्न २७ जनालाई पक्राउ गरेर १५ वटा मुद्दा दर्ता गरिएको तथ्यांक छ ।

मोटरसाइक जस्तै घर–पसल चोरीका घटनाको स्थिति समेत उस्तै देखिन्छ । प्रहरी उपरीक्षक कोइरालाले सार्वजानिक गर्नु भएको तथ्यांकमा चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा मात्रै चोरीका ६७ उजुरीमा ५० जना पक्राउ गरेर ४७ वटा मुद्दा दर्ता गरिएको छ । चालु आर्थिक वर्षको दश महिनामा चोरीका १८० उजुरी परेका छन् । जसमा १८४ जना पक्राउ गरेर १६७ मुद्दा चलेको छ । गत आर्थिक वर्ष चोरीका ११६ उजुरी परेका थिए । जसमध्ये घटनामा संलग्न ११६ जनालाई पक्राउ गरेर ९९ वटा मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्