विराटनगर । चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ मसान्तसम्म आत्महत्याका २८६ घटना मोरङमा भए । गत आवमा २८१ घटना भएका थिए । मोरङमा गत आर्थिक वर्षको पूरै अवधीमा भन्दा यस आर्थिक वर्षको ११ महिनाको अवधीमा आत्माहत्या गर्नेको संख्या बढेको हो ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्याका कारणहरु धेरै देखिन्छन् । घटनापछि प्रहरी अनुसन्धानमा आर्थिक, असफलता, शारीरिक मानसिक अवस्था, पारिवारिक समस्या, तत्कालिन अवस्था, इज्जत प्रतिष्ठामा आँच र विविध कारणबाट आत्महत्या गर्नुपर्ने स्थिति हुने खुलेको छ ।
प्रहरी उपरीक्षक कोइरालका अनुसार गरिबी, बेरोजगार, ऋण, लेनदेन र बोज जस्ता आर्थिक कारणले १५ प्रतिशत आत्महत्याका घटना हुने गरेका छन् । प्रहरीले घटनापछि गरेको अनुसन्धानमा प्रेम, पढाई, लक्ष्य प्राप्ति, चाहना र उद्देश्यमा असफलताबाट १० प्रतिशत नागरिक आत्महत्याको बाटो लिने गरेको देखिएको छ । यसैगरी तनाव, डिप्रेसन, दीर्घकालिन रोग, डर र घुर्कीबाट २५ प्रतिशत घटना हुने गरेका छन् ।
बेमेल, वैवाहिक, कलह, झै–झगडा, विवाद जस्ता पारिवारिक समस्याका कारण २० प्रतिशत नागरिकले आत्महत्याको बाटो रोज्ने गरेको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । यस बाहेक तत्कालिन अवस्था आवेग, परिस्थितिजन्य घटना, सोचाई र स्वभावका कारण ५ प्रतिशत, यौन दुव्र्यवहार, चरित्र हत्या, सामाजिक सञ्जाल, भ्रष्टचार र कारवाही, नैतिक पतनबाट ईज्जत प्रतिष्ठामा आघात पुग्दा आत्महत्या गर्ने १५ प्रतिशत देखिएको छ । त्यस बाहेक विविध कारणबाट हुने आत्महत्या १० प्रतिशत रहेको छ ।