मोरङमा दुई महिनामा २९७ दुर्घटना : ३०८ जना घाइते २७ को मृत्यु

<span class='c1'>मोरङमा दुई महिनामा २९७ दुर्घटना :</span> <span class='c2'>३०८ जना घाइते २७ को मृत्यु</span>

विराटनगर । मोरङमा दुई महिनामा २९७ सडक दुर्घटना भएका छन् । जसमा ३०८ जना व्यक्ति घाइते र २७ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठ मसान्त)मा मोरङमा मात्रै एकहजार ७१ दुर्घटना भईसकेका छन् । जसमा १०४ जनाले ज्यान गुमाएका छन् । दुईहजार ३६५ जना दुर्घटनाबाट घाइते भएका छन् ।

गत आर्थिक वर्ष २०७७-२०७८ मा एकहजार १६२ दुर्घटना भएका थिए । जसमा एकहजार ७६९ जना घाइते भएका थिए । गत आर्थिक वर्ष जिल्लामा भएको सडक दुर्घटनामा परेर १४२ जनाले ज्यान गुमाएका थिए । सुरक्षित यात्रामा ध्यान नदिदाँ समथर भू–भाग भएपनि मोरङमा दुर्घटनाबाट मृत्यु, घाईते तथा अङ्गभङ्ग हुनेको संख्या वर्षेनी बढ्दो छ । सडकलाई सुरक्षित राख्न आवश्यक संख्यामा ट्राफिक प्रहरीको अभाव हुँदा दुर्घटना बढ्ने गरेको छ ।

जिल्लाभर चालु आर्थिक वर्षको दुई महिना (चैत–जेठ) मा मात्रै १० हजार ९४५ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । जसबाट ६९ लाख ७१ हजार रुपैँया राजश्व असुली गरिएको छ । चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठ) मा जिल्लामा ६३ हजार ९७७ सवारी साधनका चालकलाई कारवाही गरि ४ करोड १० लाख ३६ हजार राजश्व संकलन गरिसकिएको छ ।

गत आर्थिक वर्ष मोरङमा ७० हजार १२९ सवारीसाधनका धनीलाई कारवाही गरिएको थियो । जसबाट चार करोड २० लाख ६३ हजार राजश्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्