विराटनगरको हिमालयन रोडमा वर्ल्डलिंकको फ्री वाइफाई जोन

विराटनगरको हिमालयन रोडमा वर्ल्डलिंकको फ्री वाइफाई जोन

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना संचालन गरिरहेको बहुप्रतिष्ठित हिमालयन रोडलाई नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले फ्री वाइफाई जोन बनाएको छ ।

विराटनगरमा ३०० भन्दा ज्यादा साथै नेपाल भरि १४ हजार भन्दा बढी स्थानहरुमा नि:शुल्क वाइफाई हटस्प्ट मार्फत सेवा दिदै आएको वर्ल्डलिंकका ग्राहकहरुले "माई वर्ल्डलिंक" एसएसआइडिमा कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्ने छन् । भने अन्य प्रयोगकर्ताले दैनिक ५०० एम बी सम्म डाटा नि:शुल्क मा चलाउन पाउने छन् । मोबाइल सेवा प्रदायकहरुले ५०० एम बी डाटाको ५० रुपैँयाको हाराहारीमा लिदै आएका छन् । वर्ल्डलिंक वाइफाई मोबिलिटीको सुविधा उपयोग गर्ने ग्राहकहरुले डाटामा गर्ने खर्च बचाउनुको साथै उच्च गतिको इन्टरनेट चलाउन पाउने वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डलिंकका ग्राहकहरुले "माई वर्ल्डलिंक"वाइफाई हट्स्पट आफ्नो मोबाइल एप मार्फत युजर नेम र एकाउण्टको पासवर्ड राखेर कनेक्ट गर्न सक्ने छन् । भने अन्य प्रयोगकर्ताले "फ्री _ वर्ल्डलिंक वाइफाई" मा मोबाइल नम्बर रजिस्टर गरेर कनेक्ट गर्नु पर्ने वर्ल्डलिंकले जानकारी दिएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्