सङ्घीयतालाई बलियो बनाउन हामी सबै लाग्नुपर्छ : प्रदेश प्रमुख खापुङ

सङ्घीयतालाई बलियो बनाउन हामी सबै लाग्नुपर्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्घीयता, संविधान र लोकतन्त्रलाई बलियो बनाउन हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताबाट स्थापित तीन तहको सरकारले गरेको कार्यबाट नेपाली जनताको जीवनस्तर वृद्धि हुनुका साथै विकासको कामले गति लिएको धारणा राख्नुभयो ।

उहाँले विश्वका विभिन्न देशमा ठूल्ठूला परिवर्तन ल्याउन सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको चर्चा गर्दै लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न पत्रकारहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार सञ्चालनमा देखिएका कमीकमजोरीलाई सञ्चारकर्मीले स्वस्थ आलोचना गर्नुपर्ने विचार राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले पत्रकार समाजको ऐना भएको चर्चा गर्दै सही र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले प्रदेशको नामकरण सम्बन्धमा प्रक्रिया अगाडि बढाएको छ भन्दै यस सम्बन्धमा दलहरुबीच आवश्यक छलफल एवं सहमति कायम गरी टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख कार्यालयका सचिव तुलसीराम सेढार्इंले प्रदेश प्रमुख कार्यालयसम्म पुग्ने सडक कालोपत्र तथा सभाकक्ष निर्माण गर्नका लागि प्रदेश सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्