इन्धनको मूल्यबृद्धिविरुद्ध म्याजिक भेन चालकद्वारा विराटनगरमा सडक अवरोध

इन्धनको मूल्यबृद्धिविरुद्ध म्याजिक भेन चालकद्वारा विराटनगरमा सडक अवरोध

विराटनगर । नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यबृद्धि विरुद्ध विराटनगरमा म्याजिक भेन चालकले चक्काजाम गरेका छन् ।

पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्य वृद्धि विरुद्ध सोमबार विहान कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सवारी साधन रोकेर यातायात अवरुद्ध पारेका हुन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राख्दै यातायात अवरोध गरेपछि विद्यालय बस र एम्बुलेन्स समेत सडकमै रोकिन पुगेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने बताउँदै यातायात क्षेत्रको समेत भाडा बृद्धि गर्नुपर्ने माग गरिएको छ ।

म्याजिक भेनले बन्द गरेपनि बसहरु भने सञ्चालनमा रहेको यातायात व्यवसायी राजु धमलाले जानकारी दिए । हामीले बन्द गरेका छैनौं, बसपार्कबाट छुट्ने बस बाइपास रोडबाट गईरहेका छन्, धमलाले भने–हामीले बन्द गरिहाल्ने भन्ने योजना बनाएका छैनौं ।

सडक अवरोध गर्दा सार्वजानिक यातायातका बस, मालवहाक सवारी समेत सडकमा रोकिएका छन् । बसपार्क छुट्नेले बाईपास रोड प्रयोग गरेपनि बसपार्क फर्कने बसहरु सडकमा रोकिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्