एनआईसी एशियाद्वारा धरानका २०० सिटी तथा अटो रिक्सा चालकलाई क्यूआर वितरण

एनआईसी एशियाद्वारा धरानका २०० सिटी तथा अटो रिक्सा चालकलाई क्यूआर वितरण

विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको धरान शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ ।

सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले धरानका २ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरेको हो । सोमबार एक कार्यक्रमका बिच बैंकका प्रदेश १ प्रमुख विकास खरेलले इ–रिक्सा सदस्यहरुलाई क्यूआर भुक्तानी सेवा प्रदान गरेका हुन् । यसले समग्र धरान उप–महानगरपालिका क्षेत्रमा डिजिटल कारोबार बढाउन निकै सहयोग पु¥याउने बैंकले जनाएको छ । बैंकका अनुसार क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको समेत उचित सदुपयोगको वातावरण सिर्जना हुनेछ ।

बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछयाउँदै देशका हरेक क्षेत्रमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने बिशेष अभियान नै चलाईरहेको छ । हाल बैंकले प्रदेश १ को विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोड लगायतका प्रमुुख शहरहरुमा २५०० बढी क्यूआर कोड वितरणको तयारी गरेको छ । बैंकले हाल क्यूआर कोड सेवा प्राप्त गर्नका निम्त्ति सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई शुन्य मौज्दातमै १ वर्षका निम्त्ति रु. १० लाख बराबरको दुर्घटना बिमा समेत उपलब्ध गराउँदै आएको छ । बैंकको उक्त सुविधाले पनि यातायात सेवा प्रदायकलाई पनि निकै सहजता थपेको बैंकका डिजिटल इन्चार्ज रोजन न्यौपानेले बताउँछन् ।

एनआईसी एशिया बैंकको भने मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टरहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्