विराटनगर इन्टरनेशन कलेजका विद्यार्थी रोनकलाई ‘ग्रयाजुएट अवार्ड

विराटनगर इन्टरनेशन कलेजका विद्यार्थी रोनकलाई ‘ग्रयाजुएट अवार्ड

विराटनगर । विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थी रोनक अग्रवालले बेलायतको विश्वविध्यालय अवार्ड जितेका छन् ।
बेलायतको वल्भरह्यामटन विश्वबिद्यालयले दिने उपकुलपति ग्रयाजुएट अवार्ड अग्रवालले जितेका हुन् ।

जुन १६ मा बेलायतमा भएको अवार्ड कार्यक्रममा उक्त अवार्डबाट उनलाई सम्मान गरिएको थियो । उनलाई विश्वबिद्यालयका अन्तरिम उपकुलपति इयान च्यामबेलले उक्त अवार्डबाट सम्मानित भएको घोषणा गरेका थिए ।
नेपालबाट अवार्ड जित्ने उनि मात्रै एक जना रहेका थिए । यो अवार्ड विराटनगर इन्टरनेशनल कलेजको मात्रै गौरब नभएर नेपालकै लागि गौरबको बिषय रहेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।

अवार्ड कार्यक्रममा मनोनित १३० राष्ट्रका एकसय बिद्यार्थीलाई पछी पर्दै आग्रवलले उक्त अवार्ड हात परेका हुन् । वल्भरहेम्टन विश्वविद्यालयबाट ग्रयाजुएट गर्ने एकलाख ४० हजार विद्यार्थीमध्येबाट आठवटा विधामा सम्मान गरिएको थियो ।
विराटनगर इन्टरनेशनल कलेजमा बिगत ८ बर्षबाट बेलायतको वल्भरह्यामटन विश्वबिद्यालयका म्यानेजमेन्टका २ वटा कोर्ष संचालनमा रहेका छन् । विश्वव्यापी मान्यता प्राप्त शिक्षा प्रदान गर्दै आएको कलेजमा अध्ययरत विद्यार्थीलाई विभिन्न अवसर प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्