हिसानद्धारा विराटनगरमा शिक्षकहरुलाई तालिम 

हिसानद्धारा विराटनगरमा शिक्षकहरुलाई तालिम 

विराटनगर । हिसान मोरङको आयोजनामा  विराटनगरमा शिक्षहरुलाई दुइ दिने तालिम सुरु भएको छ ।

अहिलेकाे नयाँ  पाठयपुस्तककाे करिकुलहरु परिवर्तन भएको र नौं वटा विषयको बारेमा जानकारी दिने उद्देश्यले शिक्षकहरुलाई तालिम दिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । मंगलबारसम्म संचालन हुने तालिममा १५० शिक्षहरुको सहभागिता रहेको छ । ‘अहिले नयाँ पठक्रममा धेरै विषयहरु परिवर्तन भएको छ । यसको वास्तबिक जानकारी दिने उद्देश्यले शिक्षकहरुलाई तालिम दिएको हो,’ अध्यक्ष ढकालले भने ।

हिसान केन्द्रको संयोजन र पाठक्रम विकास केन्द्रको सहयोगमा तालिम भएको हो । तालिममा भौतिक शास्त्र, रसायन विज्ञान, जिप विज्ञान, बनस्पती विज्ञान, गणित, नेपाली, लेखा, अर्थशास्त्र र कम्प्युटर विज्ञानको विषयमा शिक्षकहरुलाई जानकारी दिइन्छ ।यो तालिम सामुदायिक विद्यालयका शिक्षकहरु पनि निःशुल्क दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्