विराटनगर विमानस्थल विस्तारमा प्रेम आले हावादारी कुरामा लागेको आरोप

विराटनगर विमानस्थल विस्तारमा प्रेम आले हावादारी कुरामा लागेको आरोप

विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको समावधी सकिएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । विमानस्थल पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा कुनै जवाफ नआएको भन्दै असार ७ गते देखी आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

संघर्ष समितिले २०७९ असार ७, ८ र ९ गते विहान ११ बजेदेखी १ बजेसम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने कार्यक्रम राखेको छ । यसैगरी असार १० गते जग्गा प्राप्ती ऐन परिमार्जन गर्दै ऐनको प्रति जिल्ला प्रशासन कार्यालय अगाडी जलाउने कार्यक्रम राखिएको छ ।
जग्गा प्राप्ती ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यावस्था भएपनि कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ब्यावस्था नभएकाले विभेदकारी ऐन ऐन परिमार्जन गर्न दबाब दिइने भएको हो ।

यसैगरी असार ११ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पीडितसंग ज्ञापन पत्र बुझेर मुआब्जाको बजेटको ब्यावस्था गर्छु भन्ने बाचा गरेको भएपनि अहिलेसम्म नगरेको भन्दै उनको पुत्ला दहन गर्ने कार्यक्रम राखिएको छ । संघर्ष समितिका अध्यक्ष बेदराज पौडेलद्वारा विज्ञप्तीमा भनिएको छ–‘एक जना ब्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुख दिएकाले उनको पुत्ला दहन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी गर्ने ।’

यसैगरी प्रमुख राजनीतिकदलहरुलाई आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजनाहरु’ शिर्षकमा शिर्षस्थ नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्