विराटनगर–काठमाण्डौंको हवाई भाडा दश हजार पुग्यो

विराटनगर–काठमाण्डौंको हवाई भाडा दश हजार पुग्यो

विराटनगर । इन्धनमा मूल्य वृद्धि भएसँगै आन्तरिक हवाई भाडामा वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडामा वृद्धि गरेको हो ।

अब काठमाडौं–विराटनगरका लागि १० हजार ८० रुपैँया भाडा पुगेको छ । काठमाडौं–भद्रपुरको भाडा १२ हजार ८०५ तोकिएको छ ।
काठमाडौं जनकपुरको ५ हजार ७९५, काठमाडौं भरतपुरको ४ हजार ९३५, काठमाडौं पोखराको ६ हजार ९०५, काठमाडौं भैरहवाको ८ हजार ५७५, काठमाडौं नेपालगञ्जको १३ हजार ८१५, काठमाडौं धनगढीको १६ हजार ८०५, काठमाडौं तुम्लिङटारको ८ हजार ११० र काठमाडौं सिमराको ४ हजार १९५ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्