प्रदेश १ का केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रदेश १ का केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । अहिले प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ का केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। भने प्रदेश १, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केहि भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको केही, मधेस प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्