विराटनगर विमानस्थल विस्तारका लागि बजेट माग गर्दै स्थानीयले सुरु गरे विरोध प्रदर्शन

विराटनगर विमानस्थल विस्तारका लागि बजेट माग गर्दै स्थानीयले सुरु गरे विरोध प्रदर्शन

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

विराटनगरको एयरपोर्ट रोडमा अहिले स्थानीयले धर्ना दिईरहेका छन् । उनीहरुले रोक्का गरिएको जग्गाको कि मुआब्जा दिनुपर्ने नत्र रोक्का गरेको जग्गा फुकुवा गर्नुपर्ने माग राखेका छन् ।
मन्त्री आलेले नियतबश विराटनगर विमानस्थलमा बन्न लागेको टर्मिनल भवनको ठेक्का लाग्ने प्रक्रियामा रहेको टर्मिनल भवनको काम समेत रद्द गरेका थिए । विमानस्थल विस्तार प्रक्रियाका लागि सरकारले सर्वसाधारणको जग्गा रोक्का राखेर अधिग्रहण गर्ने तयारीमा रहेका बेला विमानस्थल अन्तै सार्नुपर्ने असान्दर्भिक विषयमा मन्त्री आले रुमलिएको संघर्ष समितिका अध्यक्ष बेदराज पौडेलको भनाई छ ।

जग्गा प्राप्ति ऐन अन्तर्गत सरकारले रोक्का राखेको जग्गाको मुआब्जा दिनुपर्ने नत्र तत्काल फुकुवा गर्नुपर्ने माग स्थानीयको छ । विराटनगर विमानस्थल विस्तारको काम अगाडी बढाउनु पर्ने उनीहरुको माग छ । विराटनगरको विमानस्थल विस्तारको माग यहाँका उद्योगी–व्यवसायीसहित पर्यटन क्षेत्रका अगुवाहरुको थियो । तर, पछिल्लो समय नियतवश केहि उद्योगीहरुले यसलाई सुनसरीको अमडुवामा स्थान्तरण गर्नुपर्ने सुझाव मन्त्री आलेलाई दिएका थिए । जुन कुराको पछि लागेर मन्त्री आलेले टर्मिनल भवन ठेक्का सम्झौतामा रहेका बेला रद्द गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्