विराटनगर महानगरपालिकाले बजेटको आकार घटाउने

विराटनगर महानगरपालिकाले बजेटको आकार घटाउने

विराटनगर । विराटनगर महानगरपालिकाले स्रोत सुनिश्चितताको वास्तविक अनुमानका आधारमा बजेट ल्याउने भएको छ । चालु तथा गतवर्र्षको तुलनामा बजेटको आकार घटाउने तयारी गरेको हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आगामी आर्थिक वर्ष २०७९-२०८० का लागि बजेटको आकार घट्ने जानकारी दिएका छन् । आगामी असार १० गते बजेट सार्वजानिक गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको प्रमुख कोइरालाले जानकारी दिदैं शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने दावी छ ।

आन्तिक स्रोत सुनिश्चित बिनाको बजेटको ठूलो आकार कार्यन्वयनमा समस्या हुने देखिएकोले वास्तविक स्रोतमा आधारित बजेट ल्याउँछौं, प्रमुख कोइरालाको भनाई छ । पद वहालीकै दिन करका दर घटाउने निर्णय गरिएकोले त्यसलाई बजेटमार्फत कार्यन्वयन गरिने भएको छ । करका दरहरु घटाएर दायरा फराकिलो पार्ने गरि बजेट तर्जुमा भईरहेको दावी कोइरालाले गरे ।
महानगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्ने भएको छ । त्यस बाहेक विराटनगरको डुबान समस्या समाधान र फोहोर व्यवस्थापनका लागि बजेटको व्यवस्थापन गरिने भएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि चार अर्ब १० करोड ३ लाख ३८ हजारको बजेट ल्याएको थियो । खर्च व्यहोर्ने स्रोतमध्ये अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार र राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार थियो । महानगरले आन्तरिक आयबाट ८३ करोड ९ लाख २५ हजार, अनुदानरत ऋणबाट ७० करोड ५५ लाख, अन्य संघसंस्थाबाट १ करोड ४४ लाख र जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान गरेको थियो ।
गत आर्थिक वर्ष ३ अर्ब ३७ करोडको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्