विराटनगरबाट रङ्गेली गईरहेको बसमा एसिडको बोतल झर्दा ५ जना घाईते

विराटनगरबाट रङ्गेली गईरहेको बसमा एसिडको बोतल झर्दा ५ जना घाईते

विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् ।

रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् ।

उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।

घाईते हुनेमा मोरङको दादरबैरिया बस्ने ४२ वर्षीय ओमनारायण राजवंशी, विराटनगर बस्ने वर्ष २० का विनोद परियार, वर्ष २४ की निता राजवंशी, डायनिया बस्ने वर्ष २२ की सविहा खानम र सुनसरीको चक्रघट्टी बस्ने वर्ष ४० की सुमित्रा उरावँ रहेकी छन् । हाल उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बसमा सवार एसिड बोक्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तर, हालसम्म उनको पहिचान भने खुल्न सकेको छैन् । पक्राउ परेका व्यक्ति सुनचाँदी कारोबारी रहेको श्रोतको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्