ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाशको गाडी आफ्नै छोराद्वारा तोडफोड

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाशको गाडी आफ्नै छोराद्वारा तोडफोड

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् ।

गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो । नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरुको जिम्मेवारी नदिइएको विषयमा विवाद भएको थियो ।

गाउँपालिका उपाध्यक्ष गुणवती देवी थारुले अध्यक्षले पेलेर जाने नीति लिएको विषयमा आफूले फरक मत राखेको बताइन् । उनले अध्यक्षको गाडी साँझ ६ बजेतिर उनकै छोराले तोडफोड गरेर सार्वजानिक सम्पतिमा क्षति पु¥याएको जानकारी दिइन् । हामी सबै हिडेका थियौं, अध्यक्षज्यूका छोराले गाडी तोडफोड गरेको जानकारी मलाई पनि आएको छ, उपाध्यक्षले भनिन्–भोलि बिहान गएर त्यस विषयमा बुझ्ने छौं । गाडी तोडफोड भएको विषयमा प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार साहले समेत स्वीकार गरेका छन् । उनले भने–म बैठक सकाएर हिडिसकेको थिएँ, उहाँ सवार गाडी तोडफोड भएको भन्ने खबर पाएको छु, तर कसले भन्ने यकिन थाहा छैन ।

अध्यक्षले भने गाडीको सीसा पहिल्यै चर्केकोले झरेको दावी गरे । उनले समस्या रहेको गाडीको सीसा झरेको बताए । तर, एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका अध्यक्षका छोराले बाबुसँग असमति राखेर तोडफोडमा उत्रेको बताइन्छ । अध्यक्षले सबैलाई समेटेर जान भनेर केहि समितिको संयोजक एमालेलाई पनि दिन सहमती जनाउनु भएको रहेछ, त्यसमा छोराले असमति राखेपछि उत्पन्न विवादपछि गाउँपालिकाको गाडी तोडफोड गरिएको हो, विवाद बारे जानकारी एक स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्