हवाई उडान बन्द गर्ने कार्यक्रम फिर्ता

हवाई उडान बन्द गर्ने कार्यक्रम फिर्ता

विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै बुद्ध एयरले नियमित उडान ११ बजेदेखि सुचारु गर्ने औपचारिक सूचना जारी गरिसकेको छ ।

राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् । सरकारले आधार विमानस्थलमै विमानहरु पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि उनीहरुले असहमति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्