विराटनगरका सिटी रिक्सालाई हाईवे प्रतिबन्ध, विभिन्न मागसहित आन्दोलन गर्ने चेतावनी

विराटनगरका सिटी रिक्सालाई हाईवे प्रतिबन्ध, विभिन्न मागसहित आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएका सिटी रिक्सा चालकहरुले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
महानगरपालिकाले हाईवे (राजमार्ग) मा सिटी सफारीलाई गुड्न निषेध गरेको भन्दै उनीहरुले प्रतिबन्ध लगाउन नपाईने बताएका हुन् ।
बुधबार आफ्ना विभिन्न माग लिएर उनीहरुले महानगरपालिका परिसरमा भेला भएर आन्दोलनको घोषणा गरेका छन् । यसैगरी आफ्ना माग सम्बन्धमा वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति समेत गठन गरेका छन् ।

वार्ता समितिका संयोजक राकेश धमलाका अनुसार हाईवे निषेध, हाईवेका स्टेण्ड प्रयोगमा रोक, भाडा समायोजन, दर्ता गर्ने निकायले लाइसेन्स उपलब्ध र सीमा क्षेत्रमा पुगेर यात्रु बोक्दा लिईने दश रुपैँया शुल्कका सम्बन्धमा मागहरु राखिएको बताएका छन् ।


महानगरपालिकाले सिटी रिक्सा दर्ता गराउने गरेकाले लाइसेन्सको सुविधा समेत दिनुपर्ने माग गरिएको छ । दर्ता र नविकरण गर्ने निकायले नै लाइसेन्स र परिचयपत्र समेत दिनुपर्ने हाम्रो माग छ, धमलाले भने–राजमार्गमा प्रतिबन्ध लगाएपछि भित्री सडकमा मात्रै हाम्रो जिवीका चल्दैन, त्यसका लागि महानगरको निर्णय पुर्नविचार हुनुपर्छ ।

यसैगरी सीमा तथा नाका क्षेत्रमा यात्रु लिएर जाँदा र लिएर आउँदा अनाधिकृत रुपमा दश रुपैँया शुल्क बुझाउनु परेको भन्दै उनीहरुले त्यो शुल्क कहाँ जम्मा हुन्छ देखाउनु पर्ने माग गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराई सकिएकोले अनाधिकृत रुपमा रकम लिने व्यक्तिहरुमाथि कारवाही हुनपर्ने माग गरिएको छ । यसैगरी आठवर्षदेखि एउटै भाडा दर कायम रहेकोले त्यसलाई बृद्धि गर्नुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्