विराटनगर विमानस्थलमा रात्रिकालिन पार्किङ्गका लागि पाँचवटा जहाज र एउटा हेलिकप्टरको क्षमता

विराटनगर विमानस्थलमा रात्रिकालिन पार्किङ्गका लागि पाँचवटा जहाज र एउटा हेलिकप्टरको क्षमता

विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँदा विराटनगर विमानस्थलमा पाँचवटा ठूला जहाज र एउटा हेलिकप्टर पार्किङ्ग हुने भएका हुन् ।

काठमाण्डौं बाहिर विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नेछन् । काठमाण्डौंमा १७ वटा आन्तरिक जहाज राख्ने क्षमता छ । अहिले दैनिक ३४ वटा पार्किङ्ग हुँदै आएका छन् । त्यसलाई व्यवस्थित बनाउन सरकारले हवाई कम्पनीले जहाज खरिद गर्ने प्रक्रियामा तोकेको बेस विमानस्थलमा राती बास बस्नुपर्ने निर्णय गरेको हो ।
गत आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेसँगै विराटनगरमा पाँच जहाज र एउटा हेलिकप्टरले पार्किङ गर्ने विराटनगर विमानस्थलका प्रवन्धक युवल बरालले जानकारी दिएका छन् ।

हाल देशभर ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन् । यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेमा पर्दछन् । त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा आधार तोकिएको छ । हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन् । यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन । बाँकी ३५ वटा जहाज भने काठमाडौंबाहिर बस्नेछन् ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थलमा पार्किङ्ग गर्नेछन् । जहाजहरु आधार विमानस्थलमा पार्किङ्ग गर्दा काठमाण्डौं बाहिरबाट पनि बिहानको उडान सहज हुनेछ । पर्यटन व्यवसायीले यसलाई सकारात्मक मानेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्