सिटी सफारी चार्ज गर्दा विराटनगरमा एक महिलाको मृत्यु

सिटी सफारी चार्ज गर्दा विराटनगरमा एक महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा सिटी सफारी चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

विराटनगर-१२ बखरी निवासी शिव नारायण चौधरीले चलाउँदै आएको को १ ह ३०३ नम्बरको सिटी सफारीलाई चार्ज गर्ने क्रममा ३३ बर्षिया सुनिता चौधरीलाई बुधबार दिउँसो करेन्ट लागेको थियो ।

सुनिता चौधरी सिटी चालकको श्रीमती हुन् । श्रीमान्ले चलाउँदै आएको सिटी रिक्सालाई चार्ज गर्ने क्रममा बुधबार दिउँसो करिब २ बजेको समयमा करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भईकी चौधरीलाई कोशी अस्पतालमा उपचार गराउन लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

चौधरीका परिवारले अस्पतालमा पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाबारेमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्