सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनकाे नयाँ व्यवस्था

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनकाे नयाँ व्यवस्था

विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली संचालन सम्बन्धी सूचना जारी गरेको छ । अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाएर आवेदन फाराम भरेको पाइएपछि विभागले नयाँ व्यवस्था गरेको हो ।

अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरी व्यवस्थापन गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा आफूले आवेदन गरेको वा गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउन लगाई पुनः आफ्नो विवरण भर्न समेत आग्रह गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनको लागि आवेदन खुल्ला हुने भएकोले समय व्यवस्थापन सोही बमोजिम गर्न पनि विभागले उक्त सूचनामार्फत अनुरोध गरेको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्