विराट हेल्थ कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भेटेपछि

विराट हेल्थ कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भेटेपछि

विराटनगर । विराटनगर ३ खार्जीमा रहेको विराट हेल्थ कलेजले (सिटिइभिटी )ले तोकेभन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थी संघठनले विरोध जनाएको छ ।

पिसिएल नर्सिङ विषयमा अध्ययनरत विद्यार्थीहरुबाट कलेजले अतिरिक्त शुल्कभन्दा बढी लिएको विद्यार्थी तथा उनीहरुको अभिभावको चर्को जनगुनासो आएपछि अनेरास्ववियु मोरङले विरोध जनाएको हो । अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेको नेतृत्वमा बुधबार कलेजमा पुगेको टोलीले विद्यार्थीहरुबाट लिएको अथिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग सहित ३ बुदे सहमती पत्र भएको छ ।

कलेजमा विद्यार्थी,अभिभावक विद्यार्थी संघठन र कलेज प्रशासन विच भएको सहमतीमा विना शुल्क क्यारेक्टर सर्टिफिकेट उपलब्ध गराउनुपर्ने ।
कोरोना अवधीमा भएको अनलाईन कक्षामा १५ प्रतिशत पढाई शुल्क छुट हाल विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग सहित सहमती पत्रमा उल्लेख गरिएको छ । कलेजले विद्यार्थीहरुबाट सर्टिफिकेट मार्फत ७ हजार ५ लिदै आएको थियो ।

सहमति पश्चात क्याम्पसले अतिरिक्त रकम फिर्ता गर्दै आजै झन्डै १५ जना विद्यार्थीले नि:शुल्क क्यारेक्टर सर्टिफिकेट निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्