पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विराटनगरमा विद्यार्थीको शान्तिपूर्ण मौन प्रदर्शन

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विराटनगरमा</span> <span class='c2'>विद्यार्थीको शान्तिपूर्ण मौन प्रदर्शन</span>

विराटनगर । चार महिनामा दशौं पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले बुधबार विराटनगरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीमा भएको चरम मूल्यवृद्धि तथा देशको डामाडोल अर्थतन्त्र पर्ने सरकार विरुद्ध अनेरास्ववियु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस कमिटीद्वारा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेको हो । फागुन ८ मा १४४ रुपैयाँ लिटर पाइने पेट्रोल अहिले बढेर १९९ पुग्यो। अर्थात् चार महिनामा पेट्रोल लिटरमै झण्डै ५५ रुपैयाँले बढ्यो। डिजेल लिटरमै ६६ रुपैयाँले बढेर १९२ पुगेको छ। एलपीजी ग्याँसको मूल्य तीन पटक बढ्दा सिलिण्डरकै १८ सय पुगेको छ। निरन्तर भइरहेको इन्धनको मूल्यवृद्धिले श्रमिकको श्रम बाहेक सबैथोकको मूल्य दिनप्रतिदिन बढीरहेको भन्दै विद्यार्थीहरुले शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन् । क्याम्पसको प्रवेशद्धार अगाडि मुखमा कालो टेप बाँधेर प्रदर्शन गरेका विद्यार्थीहरुले मूल्यबृद्धि तत्काल फिर्ता लिन माग समेत गरेका छन् ।

विद्यार्थीहरुले गठबन्धन सरकार मुर्दावाद, पेट्रोलियम पदार्थ तथा अत्यावश्यकीय सामाग्रीको मूल्यवृद्धी खारेज गर लगायतका प्ले कार्डसहित शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण मौन विरोध प्रदर्शनमा अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीका अध्यक्ष सनिम ठकुरी,उपाध्यक्ष आरोग्य थापा लगायत क्याम्पस कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्