डेरी उद्योगका उत्पादन र प्याकेजिङ्गलाई प्रवद्र्धनका लागि अनुदान सहयोग

डेरी उद्योगका उत्पादन र प्याकेजिङ्गलाई प्रवद्र्धनका लागि अनुदान सहयोग

विराटनगर । दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनामा अगाडी सार्ने उद्योगी तथा किसानका लागि नेपाल कृषि बजार विकासले दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँचलाखदेखि ५० लाखसम्मको सहयोग अनुदान लिनसक्ने गरि आवेदन आह्वान गरिएको हो ।

स्वीस सरकार विकास सहयोग एसडीसीसँगको सहयोगमा सहजले यो कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको हो । जसमा आईडीया स्टुडियोले प्राविधिक सहयोग गर्नेछ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर उत्पादनलाई बजारीकरण गर्न र उपभोक्ताको रोजाईमा पार्नका लागि कार्यक्रम लक्षित रहने बताइएको छ । उपभोक्ताको चाहना अनुसारको प्याकेजिङ्गले उत्पादनलाई ब्राण्डिङ्ग गर्न सहज बनाउने अपेक्षा राखिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमका स्वीक कन्ट्याक्ट रिक भान डेर काम्पले परियोजना बारे जानकारी गराउँदै कृषकका उत्पादनलाई बजारीकरण गर्नका लागि सहयोग गर्ने लक्ष्य राखिएको बताएका थिए । उनले दुग्धजन्य उत्पादनको प्रशोसिङ्ग र प्याकेजिङमा कार्यक्रम लक्षित रहेको बताएका छन् ।

स्वीस सरकारको सहयोगमा प्रदेश १ का चारवटा उत्पादन अलैंची, दूध, तरकारी र मकै बालीको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । सहजले दुग्धजन्य वस्तुको प्याकेजिङ्गका लागि दुई करोड रुपिँयाको कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रममा आईडीया स्टुडियोका कार्यकारी प्रमुख डा.छिरिङ्ग लामाले उत्पादनलाई व्यवस्थित कसरी गर्न सकिन्छ भनेर नयाँ अवधारणको विकास गर्ने लक्ष्य राखिएको बताएका छन् ।
कार्यक्रममा भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कार्यक्रमले किसानलाई सहयोग पुग्ने दावी गरेका छन् । प्रदेश १ मा दूधमा आत्मानिर्भर भएपनि यसको प्रशोधन र प्याकेजिङ्गमा विविधिकरण हुननसक्दा आयातित वस्तुको प्रयोग बढ्दो रहेको सचिव तिम्सिनाको भनाई थियो ।

यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले उत्पादनको प्याकेजिङ्ग र त्यसको गुण सुरक्षित गर्ने विषय चुनौती रहेको बताए । उनले कार्यक्रमले नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि केहि सुधार हुनेमा विश्वास व्यक्त गरे ।
अनुदानमा सहभागी भएर व्यवसाय प्रवद्र्धन गर्ने नयाँ सोच भएका व्यवसायीले सहजको वेवपेजमा गएर त्यहाँ आफ्नो आवेदन दिनसक्ने सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्