विराटनगर । तलव वृद्धि नगरेको भन्दै विराटनगर महानगरपालीका भित्र फोहोर संकलन गर्ने कर्मचारी तथा मजदुरले काम रोकेका छन् । जसको कारण विराटनगर महानगरपालीका भित्रको फोहोर उठ्न सकिरहेको छैन ।
गत शनिबारदेखी सरसफाई गर्दै आएका मजदुरहरुले काम रोकेर आन्दोलन गर्दै आएका छन् ।
तर विहिबारदेखी भने कर्मचारी तथा मजदुरहरुले फोहोर संकलन गर्ने ट्याक्टर समेत रोकेका छन् ।
महानगरपालिकाले अहिले विराटनगरको सम्पुर्ण फोहोर व्यवस्थापनको जिम्मा ३ निजी साझेदार कम्पनीहरुलाई दिएको छ । महानगरको उत्तरी भेगमा नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी भेगमा आरएसडी सप्लायर्सले फोहोर व्यवस्थापनको कार्य गरिरहेका छन् ।
विराटनगर महानगरपालीका मध्य भागका कर्मचारी तथा मजदुरहरुले तलव वृद्धि गर्नुपर्ने माग राखेर शनिबारदेखी आन्दोलनमा छन् ।