नाबालिकालाई बेचबिखन गर्न लैजाँदै गर्दा दुईजना विराटनगरमा पक्राउ

नाबालिकालाई बेचबिखन गर्न लैजाँदै गर्दा दुईजना विराटनगरमा पक्राउ

विराटनगर । विराटनगर–१५ भन्सार कार्यालयको दुई नम्बर ढाटबाट झापा बिर्तामोड–१३ निवासी एक नाबालिकालाई बिक्री गर्न लैजाँदै गर्दा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार आरोपमा भारत मजतपुर घर भई बिर्तामोड–५ मुर्तीचौक बस्दै आएका २३ वर्षीय हिराकुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपहीका १९ वर्षीया सिरिसा सिंह महथालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई असार ५ गते साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार दुईजनाले नाबालिकालाई ललाईफकाई गरेर बेचबिखन गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ ।

उनीहरु विरुद्ध पाँचदिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गत असार ५ गते साँझपख उनीहरुले नाबालिकालाई लिएर त्यहाँ पुगेका बेला पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गर्ने क्रममा बेचबिखन गर्न लगेको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्