विराटनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनकुटाका विशाल पराजुली, विराटनगर ब्याडमिन्टन क्लबका विनय राई, उदयपुरको बेलटार ब्याडमिन्टन एकेडेमीका जेनिस मगर, संखुवासभाका प्रवीन लिङ्थेप र पाँचथर ब्याडमिन्टन क्लबका किरण श्रेष्ठ विजयी भए ।

त्यस्तै, राजधानी युथ क्लबका सुप्रिम पन्त, भोजपुरका विशाल तामाङ, विराटनगर ब्याडमिन्टन क्लबका जनम राई, मोरङका अजय चौधरी, संखुवासभाका सुनील कार्की, केराबारीका महेश खड्का, विराटनगर ब्याडमिन्टन क्लबका सुभास भट्टराई, बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी, धरानका योदेश राई, विराटनगर ब्याडमिन्टन क्लबका क्षितिज भुजेल र भोजपुरका सत्यम सुब्बा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

त्यसैगरी, मेन्स डबलतर्फ रानी मिल्स एरियाका भूपेन्द्रकाजी निरौला र ताराचन्द्र राई, खाँदबारीका सुनील कार्की र महेश खड्का, पाँचथर ब्याडमिन्टन क्लबका दीपेन्द्र मगर र सूर्य राई तथा विराट ब्याडमिन्टन क्लबका नवराज कणर् र अजेश मण्डलको जोडी विजयी भए ।

यसैगरी, बेल्टार ब्याडमिन्टन एकेडेमीका जेनिस मगर र सोसन पौडेल, ललितपुरका रादीप महर्जन र सुमन महर्जन, विराटनगर ब्याडमिन्टन क्बलका दिलकुमार राई र नवीनसिंह राई, बेल्टार ब्याडमिन्टन एकेडेमीका दीपक आङ्देम्बे र विकास श्रेष्ठ, विराटनगर ब्याडमिन्टन क्लब अमृत मल्ल र धनकुमार श्रेष्ठ तथा विराटनगर ब्याडमिन्टन क्लबका राजेश चौधरी र सन्दीप पोखेरलको जोडी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ खेलकुद विकास बोर्डका उपाध्यक्ष जिनाजंग कार्कीले गरिन् । कार्यक्रमका अतिथि सदस्यसचिव हंसराज वाग्ले, क्लबका कार्यवाहक अध्यक्ष प्रदीप ताम्राकारलगायतले शुभकामना दिएका थिए ।

प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बाग्मीत र गण्डकी प्रदेशका गरी १ सय ५० जना पुरुष र महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितको मेन्स सिंग्लसको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, मेन्स डबल्सको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, उमेन्स सिंग्लसतर्फ प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार, मास्टर ४५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार तथा मास्टर ५५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँका साथै ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्