विराटनगर। विराटनगर–१७ स्थित रघुपति जुटमिलमा कार्यरत एक मजदुरको मेसिनले हात काट्दा मृत्यु भएको छ । मिलका अपरेटर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको बिहीबार राती बाँया हात कुमबाटै काटिएको थियो ।
उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल (बिराट नर्सिङ्ग होम) लगिएकोमा डाक्टरले तत्काल मृत घोषणा गरेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।
जुटमिलका अप्रेटर उनी काम गरिरहेको बखत बायाँ हातको कुममा काटिएको थियो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।